त्रिकोणात्मक क्रिकेटमा नेपालको लगातार दोस्रो जित

Spread the love

काठमाडौं । मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो ।

मलेशियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेले । यसै शृखंलाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशलले लगातार दोस्रो खेलमा पनि अर्ध सतक पूरा गरेका छन् ।

४१ बलको सामना गरेको कुशलले ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ६१ रनको पारी खेले । यस अघि भएको पहिलो खेलमा कुशल र आशिफ दुबैले ले नेदरल्यान्ड्सविरुद्ध अर्धसतकीय इनिङ्स खेलेका थिए । जितका लागि ८ रन आवश्यक हुँदाको अवस्थामा कुशललाई साथ दिएका अशिफ शेख ४२ रनमा पवेलियन फर्किए । २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेको आशिफ पछि ब्याटिङमा आएको उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहँदा नेपालले लक्ष्य भेटाउन सफल भएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेशियाले १६.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९ रन जोडेको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्किएका थिए । त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । टोलीले ३४ रन बनाउँदा ३ रनमा मैदानबाट बाहिरिन बाध्य बने ।

तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंह ६ रनमा सोमपालको बलमा बोल्ड भए । चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिज २७ रनको योगफल तयार पार्दा दिपेन्द्रसिंह ऐरीको बलमा आशिफ शेखबाट समातिए । अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट निकाल्दा सन्दिप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नाममा एक एक विकेट रह्यो ।

जितसँगै नेपालले शृखंलामा लगातार दोस्रो जित निकाल्दै तालिकामा शीर्षता कायमै राखेको छ । २ खेलमा स्पष्ट जित निकालेको नेपालको ४ अंक भएको छ भने दुई मध्ये एक खेलमा जित निकालेको नेदरल्यान्ड्स २ अंकका साथ दोस्रो र अंकविहिन मलेशिया तेस्रो स्थानमा छ । अर्को खेल नेपालले मंगलबार त्रिभुवन विश्व विद्यालयको मैदानमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् : शेरबहादुर देउवा

२०७८ बैशाख ६, सोमबार १७:४९
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममासभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद […]