नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेका सात जना पक्राउ

Spread the love

काठमाडौं । एसएलसीको नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेर डाक्टर बनेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ब्यूरोले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले विराटनगरबाट दुईजना, रुकुमबाट एकजना, जनकपुरबाट एकजना र काठमाडौंबाट तीनजनालाई पक्राउ गरेको हो ।

उनीहरुमाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोप लगाइएको छ । पक्राउ पर्नेहरुमा विराटनगर न्युरो हस्पिटलमा कार्यरत डाक्टर मोहम्मद सिद्धिकी, दीघार्यु अस्पतालका मोहम्मद शाहिद राजा, जनकपुर चिल्ड्रेन अस्पतालका सुभाषप्रसाद साह, मिसन अस्पताल रुकुम पश्चिममा कार्यरत दीपेन्द्र गौतम छन् । यस्तै विराटनगरबाट अखिलेस कुमार देव, काठमाडौंबाट पल्लवी सिंह, सानेपाबाट फराज हुसेन खाँ पक्राउ परेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप १२२७ जनामा कोरोना संक्रमण, आठको मृत्यु

२०७८ बैशाख ६, सोमबार १५:३४
Spread the loveकाठमाडौं । नेपालमा सोमबार थप १२२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८५९०० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै […]