लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Spread the love

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ।

प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।
नेकपा एमालेमा ओली र माधव नेपाल पक्षबीच विवाद छ। जसका कारण मुख्यमन्त्री पोखरेललाई बहुमत पुग्न कठिन छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन एक हजार ६५७ जनाको मृत्यु

२०७८ बैशाख ६, सोमबार १३:०७
Spread the loveब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकैदिन एक हजार ६५७ जनाको ज्यान गएको छ । त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य […]