लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

Spread the love

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै माओवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

सोमबारनै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहितका ४१ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

माओवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रदेश प्रमुख सचिव भरतमणी सुवेदीसमक्ष राजीनामा बुझाएका हुन् । केसीलाई कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूहरु दुवै जनाले मन्त्री पदबाट सोमबार नै राजीनामा दिएको बताए । मुख्यमन्त्री शंकर पोखरेल सोमबार कार्यालयमा गएका छैनन् ।

निवासमै राजीनामा दिन मन्त्रीहरु जाने प्रयास गरे पनि मुख्यमन्त्री पोखरेलले समय उपलब्ध नगराएपछि प्रदेश प्रमुख सचिवसमक्ष राजीनामा बुझाएको मन्त्री बरालले बताए । अविश्वासको प्रस्तावसँगै स्थगित प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष समावेदन गर्ने तयारी पनि भइरहेको उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेका सात जना पक्राउ

२०७८ बैशाख ६, सोमबार १५:०६
Spread the loveकाठमाडौं । एसएलसीको नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेर डाक्टर बनेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले विराटनगरबाट दुईजना, रुकुमबाट एकजना, जनकपुरबाट […]

समाचार छुट्याे की?