वैशाख १३ गतेका लागि गण्डकी प्रदेशको विशेष अधिवेशन आह्वान

Spread the love

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ मा १ बजे बैठक बस्नेगरी अधिवेशनको आह्वान गरेका हुन् । आफूविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को राति १२ बजे अधिवेशनको अन्त्य गरेका थिए ।

अधिवेशन अन्त्यबारे जानकारी नपाएका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्था अनुसार विशेष अधिवेशनको माग गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, जनता समाज पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रसियाद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञलाई देश निकाला

२०७८ बैशाख ६, सोमबार १९:३२
Spread the loveरसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ । सन् २०१४ मा चेक गणतन्त्रको […]

समाचार छुट्याे की?