सर्वदलीय बैठकमा किन उठ्यो कांग्रेसको महाधिवेशनको विषय ?

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसको महाधिवेशनको कुरा उठ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत कोइरालाले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशन सर्न सक्ने भन्ने कुरा राख्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । उनले महाधिवेशन कांग्रेस पार्टीले गर्ने र यसको कसैको अमूर्त स्वार्थ स्वीकार्य नहुने बताएका छन् ।

कोइरालाले लेखेका छन्, ‘प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा बिपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो । महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो । यसमा कसैको अमूर्त स्वार्थ स्विकार्य हुँदैन।’


शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्न सहयोगका लागि कांग्रेसलाई आग्रह गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीले कांग्रेसलाई नयाँ निर्वाचनमा जान र महाधिवेशन पछि सार्ने आशयको अभिव्यक्ति दिएको खबर सार्वजनिक भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

२०७८ बैशाख ६, सोमबार ०९:०८
Spread the loveकाठमाडौं । सरकारले संसद् हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ […]