हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् : शेरबहादुर देउवा

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् ।

सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममासभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको बताए । कम्युनिष्टहरु अवसरवादी भएकोले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए । आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि बताए ।

उनले भने,‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद ? त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन । यिनीहरु खाली एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ ।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए । ओली सरकारले हरेक ठाउँमा हत्कडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि उनले बताए ।

त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरुलाई कब्जा गर्ने उद्देश्य सहित अगाडि बढिराखेको बताए । त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपुर दुरुपयोग भइरहेको पनि उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्ता छन् कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्णय

२०७८ बैशाख ६, सोमबार १९:१०
Spread the loveकाठमाडौँ । सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न दिने भएको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेष्टुरेन्टमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरीको व्यवस्था मात्रै उपलब्ध […]

समाचार छुट्याे की?