थप १७३६ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा मंगलबार थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८७५६७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २५१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५८०६ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१०२ पुगेको छ । क्वारेन्टाइनमा ९२ जना छन् भने आइसोलेसनमा ८६५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीले सोधेको स्पष्टीकरणको माधव नेपाल पक्षले जवाफ दिने

२०७८ बैशाख ७, मंगलवार १७:३४
Spread the loveकाठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । मंगलबार बसेको नेपाल पक्षीय सांसदहरुको अनौपचारिक बैठकले नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सबै नेताले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निष्कर्ष निकालेको हो । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनको […]