पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमललाई कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं । भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केपछि कोभिड–१९ पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले जानकारी दिएका छन् ।

पाठकले सामाजिक संजालमार्फत भनेका छन् ‘ पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव तथा पूर्व श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोबिड पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मल निवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ ।’ पूर्वराजदम्पतीलाई संक्रमण पुष्टि भएपछि यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परीक्षण नै नगरी नक्कली पीसीआर रिपोर्ट बनाउने ल्याब संचालकसहित आठ जना पक्राउ

२०७८ बैशाख ७, मंगलवार २१:३६
Spread the loveकाठमाडौँ । पीसीआर परीक्षण नै नगरी नेगेटिभ विवरण उल्लेख गरेर स्वास्थ्य रिपोर्ट बनाएको आरोपमा काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंहसहित आठ जना पक्राउ परेका छन् । नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा  प्रकाश रायमाझी भन्ने चित्र […]