बङ्लादेशमा फेरि थपियो लकडाउनको अवधि

Spread the love

बङ्लादेशका उच्च सरकारी अधिकारीले लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरेका छन् ।  कोरोनाभाइरसको महामारीको दोस्रो लहर थप बढ्दै गएकाले लकडाउनको म्याद फेरि बढाउनु परेको अधिकारीहरूको भनाइ छ ।

बङ्लादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि २८ सम्म पनि लागु हुनेगरी लकडाउनको म्याद थपिएको जानकारी दिए । बङ्लादेशमा यसअघि यही अप्रिल १४ देखि २१ सम्म एक हप्ते लकडान घोषणा गरिएको थियो ।

लकडाउनसँगै भिडभाड गर्न नपाइने, अत्यावश्यक काम विना घर बाहिर निस्कन नपाइने, सामाजिक दुरी अनिवार्य कायम गर्नु पर्नेलगायतका केही व्यवस्थाहरूमा पनि कडाइ गरिएको छ ।

बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २३ हजार २२१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १० हजार ४९७ जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार ३०० सङ्क्रमणमुक्त भएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

२०७८ बैशाख ७, मंगलवार ०७:५२
Spread the loveकाठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा […]