
भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ५६ हजार ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ ।
भारतमा हालसम्म १ करोड ३१ लाख ३ हजार २२० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ छ । यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १७५७ जनाको मृत्यु भएको छ । यसअघि सोमबार भारतमा भारतमा अहिलेसम्मकै धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो ।