
काठमाडौं । नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको हो ।
वरिष्ठ नेता नेपालसहित केन्द्रका २७ र प्रदेशका ५ जनालाई ंमंगलबार पत्र पठाइ स्पष्टीकरण सोधिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा चार वटा आरोप र प्रश्नहरु सोधिएका छन् । तपाईंलाई किन कारवाही नगर्ने ? भनी प्रश्न गरिएको छ ।
‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ लगायतका प्रश्न स्पष्टिकरण पत्रमा सोधिएको छ । स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेल र भाइबरमा पठाइएको छ । ३२ सांसद मध्ये प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ जना रहेका छन् ।
स्पष्टीकरण सोधिएका सांसदहरु
१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेशकुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरलाकुमारी यादव
२४. कृष्णलाल महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाक्री
कर्णाली प्रदेशका सांसद
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली