थप २३५१ जनामा कोरोना संक्रमण, २८७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी दुई हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८९ हजार ९१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेट, पार्टीको आन्तरिक विवादबारे छलफल

२०७८ बैशाख ८, बुधबार १६:५६
Spread the loveकाठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद चरमोत्सकर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली र नेपालबीच बुधबार साँझ काठमाडौं नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक […]