सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

Spread the love

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो ।

\संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । यसअघि पनि सो मुद्दा पटक–पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

माओवादी सशस्त्र संघर्षका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारर्की सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सापकोटालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चका न्यायाधीश चुुँडाल र सुवेदीले लिए शपथ

२०७८ बैशाख ८, बुधबार १४:०६
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका […]

समाचार छुट्याे की?