१९ किलो गाँजासहित पर्सामा एकजना पक्राउ

Spread the love

पर्सा । नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ना३८प ६२२६ नम्बरको मोटरसाइकलमा राखी भारततर्फ जाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनले मङ्गलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकी जाँच गर्दा दुई पोकामा रहेको गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको बताए । बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमण बढेपछि नेपालगंजमा एकसाता लकडाउन घोषणा

२०७८ बैशाख ८, बुधबार १०:५७
Spread the loveकाठमाडौं । कोरोना भाइरसबाट संक्रमितको संख्या दिनदिनै बढेपछि बाँकेको नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरातदेखि वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको हो । मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाएको थियो । […]

समाचार छुट्याे की?