ओली र वामदेवको बालुवाटारमा ‘डिनर मिटिङ’

Spread the love

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दुर्इ नेताको डिनर मिटिङ भएको हो । त्यसमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।

भेटमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वार्ता सकारात्मक भएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् । भेटमा गौतमले केपी ओली देशको प्रधानमन्त्री हुनुका साथै एमालेको अध्यक्षसमेत भएको तर उनीसँगको आफ्नो सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको भएको बताएका थिए ।

यस्तै आफ्नो र ओलीबीचको सम्बन्ध अटुट रहिरहने पनि गौतमले बताएका भट्टराईको बताएका छन् । उनले पार्टीभित्रको विवाद मिलाउन गौतमले भूमिका खेल्नुका साथै ओलीलाई साथ दिने समेत विश्वास व्यक्त गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द

२०७८ बैशाख ९, बिहीबार २२:३९
Spread the loveकोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् । यस्तै मोदीले शुक्रबार कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने […]