पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी होटलमा बम आक्रमण, कम्तिमा चार जनाको मृत्यु

Spread the love

पाकिस्तानी सहर क्वेटास्थिति एउटा होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन् । सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ । उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ ।

तर विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन् । पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।

विस्फोटपछिको स्थिति दर्शाउने भिडियो फुटेज सामाजिक सञ्जालहरूमा राखिएका छन् जसमा होटलको कार पार्कमा आगोको मुस्लो फैलिएको देखिन्छ । सेरेना क्वेटाको प्रख्यात होटल हो। जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्छ ।

गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको पाकिस्तानी प्रसारक एआरवाई न्यूज टिभीलाई बताए । उनका अनुसार चिनियाँ राजदूत नोन रङ घटनाका बेला एउटा कार्यक्रममा थिए, होटलमा थिएनन् ।

बलुचिस्तान प्रान्तका गृहमन्त्री जियाउल्ला लङ्गोले राजदूत नङ उच्च मनोबलमा रहेको र क्वेटाको आफ्नो भ्रमण बिहीबार सम्पन्न गर्ने संवाददाताहरूलाई बताएका छन् । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । र, त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन्।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिटी इंग्लिस प्रिमियर लिग उपाधिको नजिक

२०७८ बैशाख ९, बिहीबार ०७:५६
Spread the loveम्यानचेस्टर सिटी बुधबार इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । उसले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । उसले एस्टन भिल्लालाई २–१ ले हरायो । सिटीको ३३ खेलबाट ७७ अंक भएको छ । उसका लागि फिल फोडिन र रोड्रीले गोल गरे । भिल्लाले जोन म्याकगिनको गोलले […]