ताप्लेजुङमा छिमेकीले चलाएको गोली लागेर मृत्यु

Spread the love

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।

स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाको कारण भने खुलेको छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीलाई अवैधानिक बैठकका निर्णय फिर्ता नलिए सहयोग गर्न नसक्ने वामदेवको जवाफ

२०७८ बैशाख १०, शुक्रबार ०७:४१
Spread the loveकाठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न गरेको प्रस्ताव अस्वीकार गरेका छन् । बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जनाकारी गराएका […]