साङ्घाईको एक कारखानामा आगलागीमा आठको मृत्यु

Spread the love

साङ्घाईमा एक कारखानामा आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ जनाको मृत्यु भएको छ । विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार शुक्रबार बिहान ६ः२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । आगलागीमा परेर ज्यान गुमाएका आठ जनाको शव भेटिएको बताइएको छ । वरपरको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भुजेलको एनआरएनएको पहलमा उद्धार

२०७८ बैशाख १०, शुक्रबार १७:३५
Spread the loveकाठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी […]