सिन्धुलीमा मोटरसाइल दुर्घटना हुँदा तीन जनाको मृत्यु

Spread the love

सिन्धुली । सिन्धुलीमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाकाअनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उनका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटना स्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।

यस्तै दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर आएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद खड्काको दल त्यागसम्बन्धी सूचना सङ्घीय संसद्मा

२०७८ बैशाख १०, शुक्रबार २०:२८
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै सो दलका नेता दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई दिएका […]