काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन् । बालुवाटारमा जारी दशौं महाधिवशेन आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो । माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ ।
स्थायी कमिटीमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् । स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् । बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।