पूर्वराजदम्पती नर्भिक अस्पताल भर्ना

Spread the love

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वराजनी कोम अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भई निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले स्वास्थ्यमा समस्या आएपछि पूर्वराजदम्पतीलाई शनिबार दिउँसो नर्भिक अस्तालत भर्ना गरिएको जानकारी दिए । यस्तै पूर्वअधिराजकुमारी प्रेरणाा पनि अस्पताल भर्ना भएकी छिन् । अस्पतालका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ । भारतको हरिद्वारमा शाही स्नान गरी फर्किएपछि उनीहरुलाई वैशाख ७ गतेसंक्रमण पुष्टि भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी र लुम्बिनी प्रदेश सरकारविरुद्ध आएका अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनमोर्चाको निर्णय

२०७८ बैशाख ११, शनिबार १४:३३
Spread the loveकाठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुबै प्रदेशका सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले सरकारविरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने […]