प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यास

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको शनिबार शिलान्यास गरेका छन् । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालकै नमूना अस्पतालका रुपमा रहने विश्वास गरिएको छ ।

शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वाधिनता र भौगोलिक अखण्डताका लागि सेनाको गौरवपूर्ण योगदानको इतिहास रहेको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए ।

अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपद्का समयमा छ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार करिब २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालबाट सात वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउने छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा उद्यमीका जायज सुझाव बजेटमा समेटिने

२०७८ बैशाख ११, शनिबार १८:३५
Spread the loveकाठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेट मार्फत कार्यान्वयनमा लैजाने बताएका छन् । आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुका सम्भव र जायज सुझावहरुलाई कार्यान्वयनमा लैजाने बताएका हुन् । तर के सम्भव र के जायज हुन भन्ने […]

समाचार छुट्याे की?