भारतमा एकैदिन तीन लाख ४५ हजारलाई संक्रमण, २६ सयको मृत्यु

Spread the love

भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो ४ घण्टामा भारतमा तीन लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा भारतमा दुई हजार ६२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८९ हजार ५४९ पुगेको छ । भारतमा कोरोनाको ‘ट्रिपल म्युटेण्ट भेरियन्ट’ फैलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो भेरियन्टको भाइरस विगतको भन्दा तीन गुणा बढी गतिमा फैलने गरेको बताइएको छ। त्यही कारण भारतमा पछिल्ला दिनहरुमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै आएका छन्।

अहिले भारतको दैनिक संक्रमण दर विश्वकै सबैभन्दा धेरै बनेको छ। भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख दुई हजार ४५६ पुगेको छ। संक्रमितमध्ये एक करोड ३८ लाख ६२ हजार ११९ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोना संक्रमणबाट २४ घण्टामा सात जनाको मृत्यु

२०७८ बैशाख ११, शनिबार ०९:५६
Spread the loveबाँके । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते […]