इराकमा कोभिड अस्पतालमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ८२ पुग्यो

Spread the love

इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा आगो लागी भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर एक सय जनाभन्दा बढी घाइते भएका बताइएको थियो । इराकीहरूले सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका दृश्यहरू देखिएका छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको कारण खोज्न तत्काल अनुसन्धान गर्ने बताएका छन् । आगलागीपछि उद्धार अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गरिएको बताएका थिए ।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो ।

अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए । घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पुर्याइएको छ । इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतबार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतसँगको खुल्ला सिमाना नियमन गर्न सर्वोच्चको आदेश

२०७८ बैशाख १२, आईतवार २१:४२
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी […]