नेपाल सुपर लिगमा विराटनगरको जित

Spread the love

काठमाडौं । विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएल फुटबलमा शानदार शुरुवात गरेको छ । आइतबार दशरथ रङ्गशालामा भएको पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३/० को फराकिलो जित हासिल गरेको हो । विराटनगरलाई जित दिलाउन विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे ।

विराटनगरका नीलकुमार राई प्रमिशिङ प्लेयर अफ द म्याच हुँदै १० हजार तथा विराटनगरकै सन्तोष तामाङ सुपर प्लेअर अफ द म्याच हुँदै २५ हजार रुपैयाँ जित्न सफल भएका छन् ।

जितसँगै विराटनगर गोल अन्तरमा ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई १/० ले पराजित गरेको थियो ।

आइतबारको दोस्रो खेलमा साँझ साढे ५ बजे पोखरा थन्डर्स र बुटलव लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । कोरोना महामारीका कारण दर्शकलाई भने रंगशाला प्रवेशको अनुमति दिइएको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । जेठ १ गतेसम्म हुने प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छ । उपविजेताले १५ लाख रुपैयाँ पाउने छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेमा उच्च अङ्कको गिरावट

२०७८ बैशाख १२, आईतवार १७:४५
Spread the loveकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ […]