पार्टी पंक्तिलाई कोभिडविरुद्धको लडाइँमा परिचालित हुन प्रधानमन्त्रीको निर्देशन

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर कोभिड महामारी नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रदेखि गाउँ तहसम्म सरकारी संयन्त्रसँग समन्वय गरी अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले कोभिड महामारी नियन्त्रणमा जुट्न निर्देशन दिएको जानकारी दिए । ज्ञवालीकाअनुसार बैठकमा कोभिड महामारीको पछिल्लो अवस्था र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल भएको थियो ।

शनिबार बसेको सीसीएमसीको बैठकका निष्कर्षका बारेमा बैठकमा छलफल भएको र रेम्डेसिभिर औषधि खरिद गर्ने, अक्सिजनका नयाँ सिलिण्डर ल्याउने लगायका विषयमा छलफल भएको ज्ञवालीले बताए ।

उनले अब सरकार देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको र हटस्पटमा मात्र लकडाउन हुने बताए । उनले भर्खर तंग्रिदै गरेको अर्थतन्त्रलाई फेरि पछाडि धकेल्ने गरी लकडाउन नगरिने बताए । उनले जिल्ला जिल्लामा हेल्थ डेस्क राख्ने, संक्रमणका जोखिममा रहेका समूहलाई क्वारेन्टाइनमा राख्ने, होल्डिङ सेन्टर बनाएर राख्ने र गाउँगाउँमा जागरण अभियान संचालन गरिने बताए ।

बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागिएकोबारेमा पछि छलफल भएको थियो । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको र कर्णालीको जस्तो फ्लोर क्रस हुन सक्ने भएकाले त्यसका बारेमा समीक्षा भइरहेको ज्ञवालीले जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरी आएका विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२०७८ बैशाख १२, आईतवार १३:१२
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका कुनै पनि विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार सूचना जारी गरी सबै प्रयोगशालालाई नेपाललाई ट्रान्जिट बनाउने गरी आएका कुनै पनि विदेशी नागरिकको कोभिड १९ परीक्षण नगर्न […]

समाचार छुट्याे की?