प्रधानमन्त्रीले दिए नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आइतबार बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन् ।

शनिबार भएको नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । “नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई ”, ट्वीटमा भनिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी पंक्तिलाई कोभिडविरुद्धको लडाइँमा परिचालित हुन प्रधानमन्त्रीको निर्देशन

२०७८ बैशाख १२, आईतवार १२:३१
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर कोभिड महामारी नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रदेखि गाउँ तहसम्म सरकारी संयन्त्रसँग समन्वय गरी अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । बैठकपछि पार्टी […]

समाचार छुट्याे की?