काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्दिरमा गजुर र भ्यूटावर निर्माण भन्दा पनि अस्पतालमा अक्सिजनको व्यवस्थामा जुट्न आग्रह गरेका छन् ।
ट्वीट गदैै भट्टराईले विश्वको हटस्पट बनेको भारतसँगको खुला सीमामा आवस्यक व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनले राममन्दिर, पशुपतिका गजूर, भ्यूटावर, धरहरा बनाउँदै गरौंला भन्दै प्राथमिकतामा कोभिड नियन्त्रणमा राख्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘कोभिड–१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पहिलो राष्ट्रिय प्राथमिकता हो ! विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं । अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवस्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं । राममन्दिर, पशुपतिका गजूर,भ्यूटावर,धरहरा बनाउँदै गरौंला !’