संख्या नपुगेसम्म कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नल्याउने

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले संख्या नपुगेसम्म प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता नगर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी बैठकले अविश्वास प्रस्ताव तत्काल अघि नबढ्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पहल गरे पनि आफूहरुसँग पर्याप्त संख्या नपुगेको बताए । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने निधिले बताए ।

उनले भने, ‘प्रस्ताव फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ । हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’ निधिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय कार्यान्वयनका लागि पहल भइरहेको जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

२०७८ बैशाख १२, आईतवार २१:५८
Spread the loveकाठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्वनिर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट […]