कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

Spread the love

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी बन्दाबन्दी गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ३५५६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

२०७८ बैशाख १३, सोमबार १७:०७
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०३५६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३७८ जना संक्रमणमुक्त भएका छन् […]