थप ३५५६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०३५६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३७८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७७९५१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ । क्वारेन्टाइनमा ६५ जना छन् भने आइसोलेसनमा २२४३४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले जनताको स्वास्थ्य अप्ठ्यारोमाः प्रचण्ड

२०७८ बैशाख १३, सोमबार १७:१८
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा […]