वैशाख १६ गतेदेखि २२ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी

Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी कुरुवा बढीमा २ जनासम्म बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन जिल्ला प्रवेशमा रोक लगाएको छ ।

यस अवधिमा सरकारी कर्मचारी, बैंकका कर्मचारी र अन्य अत्यावश्यक सेवाका कर्मचारीलाई कार्यालयको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने भएको छ । त्यस्तै संचारकर्मी र पत्रकारलाई सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने उल्लेख छ । त्यसैगरी विवाह र ब्रतवन्धमा बढीमा प्रशासनको अनुमति लिएर १५ जना सहभागी हुन दिने आदेशमा उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुलुकभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

२०७८ बैशाख १३, सोमबार १९:११
Spread the loveकाठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड संक्रमण भयावह भएको भन्दै अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने र पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिएकी छन् । त्यस्तै बैठकले २०० संक्रमित नाघेका […]