उच्च सङ्क्रमण पुगेको तीनमहिनापछि पोर्चुगलमा शून्य मृत्यु

Spread the love

पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमबार सार्वजनिक गरिएको छ । जनवरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबभन्दा उच्च दरको सङ्क्रमण तथा मृत्यु रेकर्ड गरिएका थिए ।

तर लामो लकडाउनका कारण त्यहाँ सङ्क्रमण दर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले असी भागको एक भागमा झरेको छ । जुन अहिले युरोपेली युनियनकै सबभन्दा कम हो । त्यहाँ लकडाउन विस्तारै खुकुलो पारिँदैछ ।

योभन्दा अगाडि अगस्ट महिनामा पनि त्यहाँ दिनभरिमा कोभिडका कारण शून्य मृत्यु रेकर्ड गरिएको थियो । पोर्चुगलमा हालसम्म कोभिडका कारण १६ हजार ९६५ जनाको ज्यान गइसकेको छ ।

त्यहाँ ८ लाख ३४ हजार कूल सङ्क्रमण रेकर्ड गरिएका छन् । जनवरीमा सङ्क्रमण उच्चविन्दुमा पुग्दा त्यहाँ कोभिडका बिरामी बोकेका एम्बुलेन्सहरू अस्पताल सामुन्ने लाइन लागेका देखिन्थे ।

सोही महिना लागु गरिएको लकडाउन विस्तारै खुकुलो पारिँदैछ । विद्यार्थीहरू स्कूल फर्कन थालेका छन् भने सङ्ग्रहालय, केश काट्ने सैलुन अनि रेस्टुराँ एवं क्याफेहरू पुनः खुल्दैछन । स्वास्थ्य अधिकारीहरूका अनुसार अहिले उक्त देश जोखिमस्तरको हरित क्षेत्र अर्थात् निकै कम जोखिममा रहेको छ । सङ्क्रमण एक प्रतिशतभन्दा कममा झरेको छ ।

अहिले त्यहाँ देखापरेका नयाँ सङ्क्रमण दर जनसङ्ख्याको अनुपातमा युरोपेली युनियनभरिमै सबभन्दा कम छ । पोर्चुगलमा बाँकी ईयूमा जस्तै खोप अभियानमा ढिलाइ भएको थियो।

तर अधिकारीहरू भन्छन् अहिले ८० वर्षभन्दा माथि उमेर समूहका अधिकांश मानिसले खोप लगाइसकेका छन् । सोमबार एक वरिष्ठ स्वास्थ्य अधिकारीले पोर्चुगलले गर्मीयामको अन्त्यतिर नभइ सुरुमै हर्ड इम्युनिटी हासिल गर्नसक्ने बताए । खोप लगाएर वा धेरै जनसङ्ख्यामा सङ्क्रमण भएमा सामुदायिक प्रतिरोध हर्ड इम्युनिटी हासिल हुनसक्ने ठानिएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसरी हुँदैन, सरकारले खोपको लागि चीन, रुस, कोभ्याक्ससँग कुटनैतिक पहल गर्नुपर्छ

२०७८ बैशाख १४, मंगलवार ०८:४१
Spread the loveडा. रवीन्द्र पाण्डे । सरकार देखि आम सर्वसाधारण नागरिक सम्म सबै संवेदनशील बनौं। आधिकारिक कुराहरु मात्रै सुन्ने पढ्ने बुझ्ने र पालना गर्ने गरौं। लकडाउन यसरी छोंटो र परिणाममुखी बनाउन सकिन्छ – कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ । महामारीको कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो […]