ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

Spread the love

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।

मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो । हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंँ आएपछि उनलाई कोरोनाको लक्षण देखा परेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पतालहरुलाई बहिरङ्ग सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२०७८ बैशाख १४, मंगलवार १८:०३
Spread the loveकाठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले […]

समाचार छुट्याे की?