गण्डकी प्रदेश सभाका तीन सांसदलाई कोरोना संक्रमण

Spread the love

पोखरा । गण्डकी प्रदेश सभाका तीन सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो ।

पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभा बैठकमा भाग लिन पाउने छैनन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान गर्नबाट भने उनीहरुलाई वञ्चित नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण

२०७८ बैशाख १५, बुधबार १०:४५
Spread the loveकाठमाडौं । नेपालगंजस्थित भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण भएको छ । अस्पतालका अनुसार कोभिड–१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा यसको संक्रमण उल्लेख्य रुपमा देखापरेको छ । बैशाख एक गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको छ । जसमा […]