भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । नेपालगंजस्थित भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण भएको छ । अस्पतालका अनुसार कोभिड–१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा यसको संक्रमण उल्लेख्य रुपमा देखापरेको छ ।

बैशाख एक गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको छ । जसमा महिला ४४ जना, पुरुष २७ जना रहेका छन् । त्यसमा नर्सिङ कर्मचारीहरु ३३ जना, सहायक कर्मचारीहरु (क्लिनर, हेल्पर) २२ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स ८ जना र प्रशासनमा कार्यरत दुई जना कर्मचारीलाई संक्रमण भएको अस्पतालले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेताहरुमा कोरोना पुष्टि भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

२०७८ बैशाख १५, बुधबार १०:५७
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। आजको लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका […]

समाचार छुट्याे की?