सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौं

Spread the love

डा. भीमार्जुन आचार्य ।

मुलुक कोभिडबाट सङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन। यस्तो भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो कता एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ। र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ ।

आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोकतन्त्रमा हुदैन । समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेयस्कर हुन्छ। यसबारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पिसिआर पोजिटिभ आए के गर्ने ?

२०७८ बैशाख १७, शुक्रबार १९:५४
Spread the love– डा. रवीन्द्र पाण्डे |  यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन | ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | […]