मन्त्रीहरुलाई कोभिड महामारीका बेला जनताबीच पुग्न मन्त्रीहरुलाई मोदीको निर्देशन

Spread the love

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् ।

कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले  बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसंग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेको उनको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना सङ्क्रमित भारतीय टेलिभिजन पत्रकार सरदानाको मृत्यु

२०७८ बैशाख १७, शुक्रबार २१:५६
Spread the loveभारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणपछि उपचारका क्रममा निधन भएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उनले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उनी कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा उल्लेख गरेको छ ।. जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट […]