एमाले वरिष्ठ नेता खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

Spread the love

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सङ्क्रमण भएपछि उनलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उनलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप पाँच जिल्लामा निषेधाज्ञा जारी

२०७८ बैशाख १८, शनिबार २०:०४
Spread the loveकाठमाडौं । कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै शनिबार आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिबार राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने […]

समाचार छुट्याे की?