
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना महामारीसँग मुकाविला गर्न सबै राजनीतिक दल, आर्थिक,बौद्धिक र प्राविधिक शक्तिलाई एकीकृत गर्न माग गरेको छ ।
राप्रपा अध्यक्षत्रय पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त विज्ञप्ति जारी गरी सबै शक्तिलाई एकीकृत रुपमा परिचालन गर्न माग गरेका हुन् । उनीहरुले संक्रमितको निःशुल्क उपचार र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि माग गरेका छन् ।