कोरोना संक्रमण जटिल बन्दै गएपनि आतंकित हुने अवस्था छैनः स्वास्थ्यमन्त्री

Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेका छन् ।

शनिबार भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कोरोना सम्वन्धी परीक्षण र उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्पष्ट पारेका हुन् । मन्त्री त्रिपाठीले उपत्यकामा आइतबार एक हजार शैय्या थप गरिने जानकारी दिए ।

उनले भने, ‘बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तब्य पालनामा अगाडि बढेको छ ।’ सरकारले नागरिकको जीवनलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले संसारमा उपलब्ध सबैखाले रोकथाम र उपचारका विधि अवलम्बन गरिने पनि बताए ।

एकसाता भित्र काठमाडौं उपत्यकामा ७ हजार शैय्या थप गर्ने गृहकार्य भइरहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए । निषेधाज्ञाका कारण कतिपय स्थानमा जनजीवन कष्टकर भएको प्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपील गरेका छन् ।

मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने बताएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजरायलद्वारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

२०७८ बैशाख १८, शनिबार २१:४३
Spread the loveइजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् […]