
काभ्रे । कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि काभ्रेका केही स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी ती स्थानमा निषेध आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको आदेशमा अरनिको राजमार्गको साँगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपादेखि नाला भगवतीसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दाँया–बाँया ५ सय मिटर, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर र पाँचखालको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेध आदेश जारी गरिएको छ ।