थप ७१३७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ७१३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७१३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३६०३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १६१२ जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८३९९४ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३२५ पुगेको छ । क्वारेन्टाइनमा ६७ जना छन् भने आइसोलेसनमा ४८७११ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री नियुक्तिको निर्णय सच्याउन माग गर्दै ४२ सांसदको हस्ताक्षरसहितको प्रदेश प्रमुखलाई पत्र

२०७८ बैशाख १९, आईतवार १६:४९
Spread the loveबुटवल । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ जना सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । आइतबार केसीले प्रदेशसभाका ४२ सांसदले गरेको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर लिखित निवेदन दिएका हुन् । नेकपा माओवादी केन्द्र, […]