प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका एक मन्त्रीले जानकारी दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान एमालेको स्थायी समिति बैठकपछि पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन्छु भनी प्रस्ताव पेस गरेमा सो प्रस्ताव प्रतिनिधि सभामा रहेका बहुमत सदस्यद्वारा स्वीकृत हुनुपर्छ ।

बहुमत प्राप्त हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुनेछन् । हाल संसद अधिवेशन अन्त्य गरिएको छ तर जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानका कारण अब छिट्टै संसद अधिवेशन आह्वान गरिने छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा प्रधानमन्त्री ओलीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकलाः भीम रावल

२०७८ बैशाख १९, आईतवार १९:०७
Spread the loveकाठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायाँमा लुम्बिनी प्रदेशमा पदलोलुपको चर्तिकला देखिएको बताएका छन् । आइतबार ट्वीट गर्दै रावलले लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक […]

समाचार छुट्याे की?