बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैङ्कको सात बुँदे निर्देशन

Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कोरोना संक्रमण बढ्दै गएपछि २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । आइतबार सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको हो ।

निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

२०७८ बैशाख १९, आईतवार १५:३८
Spread the loveकाठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए । पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । यसअघि नेपाल […]