रुसी खोप ‘स्पुतनिक भी’ को डेढ लाख डोज भारत आइपुग्यो

Spread the love

रूसले बनाएको ‘स्पुतनिक भी’ भ्याक्सिनको डेढ लाख डोज शनिबार भारतको हैदरावाद आइपुगेको छ । भारतमा यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोप प्रयोगमा थियो ।

मे १ देखि भारतमा १८ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । कैयौं राज्यहरूमा खोपको अभाव भइरहेका बेला रूसी भ्याक्सिनलाई पनि प्रयोगमा ल्याउन थालिएको हो ।

गत महिना आपतकालीन प्रयोग अनुमति पाएको रूसी भ्याक्सिन सर्वसाधारणलाई लगाउनुअघि नियामक निकायले केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले केही दिनमा खोप प्रयोगमा आउने बताइएको छ ।

भारतमा रूसी खोपको मार्केटिङ डाक्टर रेड्डीज ल्याबोरेटोरिजले गर्नेछ । दुई डोज लगाउनु पर्ने रूसी भ्याक्सिनको प्रभावकारिता ९१.६ प्रतिशत रहेको बताइन्छ ।

अहिले आएको भ्याक्सिन पाइलट प्रोजेक्टको रूपमा लगाइने र केही सातामै थप भ्याक्सिन आउने डाक्टर रेड्डीजले जनाएको छ । भारत पछिल्लो समय कोरोनाभाइरसको हटस्पट बनेको छ । शनिबारमात्रै भारतमा ३ लाख ९२ हजार मानिस संक्रमित भएका छन् भने झन्डै ३ हजार ७ सयले ज्यान गुमाएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना चिकित्सकको टोली भेरी अस्पताल जाँदै

२०७८ बैशाख १९, आईतवार ०८:२४
Spread the loveखलंगा । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार […]