लुम्बिनीमा प्रधानमन्त्री ओलीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकलाः भीम रावल

Spread the love

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायाँमा लुम्बिनी प्रदेशमा पदलोलुपको चर्तिकला देखिएको बताएका छन् ।

आइतबार ट्वीट गर्दै रावलले लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ । प्रधानमन्त्री केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला !’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आइतबार राजीनामा दिएका थिए । तर पोखरेल पुनः मुख्यमन्त्री भएपछि एमालेकै एक सांसदले राजीनामा दिएका छन्। साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजीनामा दिएका एमाले लगायतका ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा भएको घटना संविधानको ठाडो उल्लंघन र बलमिच्याईंः सभापति देउवा

२०७८ बैशाख १९, आईतवार १९:३१
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार साँझ विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशमा भएको घटना संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्ना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेले […]

समाचार छुट्याे की?