कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ?

Spread the love

डा. रवीन्द्र पाण्डे
.
– कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ ।
– नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ ।
– अनुहार छोइरहनेलाई चिन्दछ ।
– भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ ।
– हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ ।
– बारम्बार हात सफा नगर्नेलाई चिन्दछ ।

– कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन ।
– अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन ।
– यस्तो बेलामा मर्निंग वाक.इभिनिंग वाक गर्नेलाई चिन्दैन ।
– भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन ।
– कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन ।
– चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिंड्नेलाई चिन्दैन ।
– खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन ।
– आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन ।
– ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन ।
– पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन ।
– प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ ।
– अस्पताल प्याक भएको थाहा पाउंदैन।
– अक्सिजनको अभाव थाहा पाउंदैन।
..
– कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ ।
– कसैलाई गम्भीर बनाउँछ ।
– कसैलाई प्लास्टिकमा प्याक गराउँछ
तर
कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन ।
…..
तसर्थ सकभर घरभित्र बसौं ! भेटघाट बन्द गरौँ ! मापदण्ड पालना गरौँ !
..
यी कुरा ब्यबहारमा लागु गरेपछि कुनै चिन्ता लिनुपर्दैन । आत्तिनु पर्दैन । डर मान्नुपर्दैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बोली फेर्दै लुम्बिनीका दुई स्वतन्त्र सांसदले भने हामी एमालेमै छौं

२०७८ बैशाख २०, सोमबार १२:१४
Spread the loveबुटवल । आइतबार अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका भनिएका स्वतन्त्र सांसदले आफूहरु एमालेकै साथमा रहेको बताएका छन् । कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासीका अजय बहादुर शाहीले सोमबार विज्ञप्ति जारी हिजो भुलबस कुलप्रसाद केसीको समर्थनमा लागेको बताएका छन् । उनीहरुले त्यसलाई सच्याएर आफूहरु निर्वाचनमा साथ दिएको एमालेकै पक्षमा लागेको […]