धनगढीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

Spread the love

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् ।

ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ?

२०७८ बैशाख २०, सोमबार ११:५३
Spread the love– डा. रवीन्द्र पाण्डे . – कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ । – नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ । – अनुहार छोइरहनेलाई चिन्दछ । – भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ । – हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ । – बारम्बार हात सफा नगर्नेलाई चिन्दछ । […]

समाचार छुट्याे की?